जावलाखेलको होटलमा नाबालिगलाई यौन पेसामा लगाएको पाइयो, मानव अधिकार आयोगले गर्‍यो उद्धार


काठमाडौँ- ललितपुरको जावलाखेलस्थित एक होटलबाट चार नाबालिगको उद्धार गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाका अनुसार शुक्रबार ती नाबालिगहरूको उद्धार गरिएको हो।

उनका अनुसार जावलाखेलको एक होटलमा केही नाबालिगलाई जबर्जस्ती यौन पेसामा लगाइरहेको सूचना मानवअधिकार आयोगमा आएको थियो।

लगत्तै राष्ट्रिय बाल परिषद् तथा बाल अधिकारका क्षेत्रमा काम गर्ने संस्था र ललितपुर प्रहरीसँग छलफल गरी ती नाबालिगको उद्धार गरिएको थापाले जानकारी दिइन्।

होटल सञ्चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।

 

प्रतिक्रिया