

कांग्रेसबाट जनकनन्दनी गाउँपालिकामा जितेका वडाध्यक्ष भोगी पाठकको निधन

जनकपुर– धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको छ।
नेपाली कांग्रेसबाट निर्वाचित ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि भारतको मधुवनी लगिएको थियो । शुक्रबार बिहान ५ निधन भएका पाठकलाई बिहीबार उपचारका लागि लगिएको थियो।

