

कोहलपुरमा १० तोला सुन र दुई लाख रूपैयाँ लुटपाट

नेपालगन्ज – बन्दुकधारीको एक समूहले कोहलपुरका एक स्थानीयको घरबाट १० तोला सुन र दुई लाख रुपैयाँ रुपैयाँ लुटपाट गरेको छ ।
बुधबार मध्य रातमा उक्त समूहले कोहलपुर नगरपालिका ८ का विरेन्द्रजंग शाहीको घरबाट १० तोला सुनसहित नगद साढे २ लाख बढी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाटबारे प्रहरीलाई जानकारी गराउन खोज्दा उक्त समूहले मोबाइल पनि लुटेर लगेको पीडितले जनाएका छन् ।
रातिका समयमा ढोका खोल्न लगाएर लुटेरा समूहले शाहीको घरमा लुटपाट गरी घरमा थुनेर भागेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।

