२१ वर्षपछि प्रहरी फन्दामा परे यादव


रुपन्देही – कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको सजाय सुनाएका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।

रूपन्देहीको गैडहवा गाउँपालिका-५ का रामपति यादव भनिने रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवले २०५८ सालमा जिल्लाको साविक विष्णुपुरा गाविस-७ का व्यापारीको हत्या गरी फरार थिए । यादवलाई जिल्ला अदालत रुपन्देहीले २०७३ वैशाख ३० गतेको फैसलाले जन्मकैद ठहर गरेको थियो ।

५७ वर्षीय यादवलाई ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यादवलाई फैसला कार्यान्वन गराउन यादवलाई अदालतमा पेश गरी कारागार चलान गरिएको छ ।

प्रतिक्रिया