गोठाटार गोली काण्ड: हत्याको अनुसन्धान गर्न विशेष समिति गठन


काठमाडौं – काठमाडौंको गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान गर्न विशेष समिति गठन भएको छ । घटनामा लाल मोहम्मदको गोली हानेर हत्या गरिएको थियो ।

म‌ंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा समिति गठन भएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)का अनुसार यसमा ५ जना छन्।

प्रहरीले यस घटनाको अनुसन्धान जटिल बनेपछि विशेष समिति गठन गरेको हो। काठमाडौंकै बीच सडकमा सोमबार साँझ मोहम्मदको हत्या भएको थियो। यसको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं, कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अधिकारीहरू रहनेछन् ।

काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या भयो।

प्रतिक्रिया