कञ्चनपुरमा तीन जनाको शव सडेको अवस्थामा भेटियो, पहिचानका लागि डीएनए संकलन गरिँदै


धनगढी – कञ्चनपुरमा तीन जनाको शव सडेको अवस्थामा भेटिएको छ ।

जिल्लाको लालझाडी गाउँपालिका—१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका—१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको प्रहरीले जनाएको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक नरेशराज मल्लले आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए ।

‘दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन्’ प्रहरी निरीक्षक मल्लले भने, ‘अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न सकिएको छैन ।’

आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ  । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

प्रतिक्रिया