आठ वर्षदेखि फरार बलात्कारका दाेषी पक्राउ


काठमाडौँ- मोरङमा विगत आठ वर्षदेखि फरार रहेका बलात्कारका एक जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाकाे केराबारी गाँउपालिका- ८ स्थित ३१ वर्षीय गिरिजा बस्नेतलाई इलाका प्रहरी कार्यालय, बेलबारीले पक्राउ गरेको हो।

२०७१ साल जेठ ९ गते गाउँपालिकाकी १६ वर्षीया बालिकालाई विद्यालयबाट घर फर्किने क्रममा बस्नेतसहित ३ जनाले सामूहिक रूपमा बलात्कार गरेका थिए।

घटनामा संलग्न प्रकाश थापालाई पक्राउ गरे पनि बलात्कारका दोषी ठहर गरिएका बस्नेत फरार रहँदै आएका थिए।

प्रहरी कार्यालय बेलबारीले घटनामा मुछिएका अर्का एक दोषी अझै पनि फरार रहेको र खोजी कार्यमा तीव्रता दिएको जनाएकाे छ।

प्रहरीले चलाएको जबरजस्ती करणी मुद्दामा तीनै जनालाई २०७२ चैत ३ गते जिल्ला अदालत मोरङले प्रत्येकलाई १३ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

यससँगै हाल बस्नेतलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया