
गोरखाका ३ पालिकामा विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
गोरखा- गोरखाका तीन स्थानीय तहमा विपद जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । गोरखाको सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा सम्भावित विपद जोखिम व्यवस्थापन र सुरक्षाका बारे तालिम भएको हो ।
यूएसआइडीरबाह को सहयोग अन्तरगत अन्तराष्ट्रिय आप्रवासन संगठन आइओएम मार्फत नेपाल नगरपालिका संघ र नेपाल गाउँपालिका महासंघको सहकार्यमा गोरखाका ३ पालिकामा तालिम भएको हो ।
हरेक पालिकामा २ दिन सञ्चालन गरिएको तालिमलाई भूकम्प प्रविधी राष्ट्रिय समाज नेपाल, लुथरन वल्ड फेडेरेसन र प्राक्टिक एक्सन कन्सल्टेन्टले सञचालन गरेको थियो ।
३ वटै पालिकामा फरक फरक दिन सञ्चालन गरिएको तालिमलाई गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेत प्रसाद अम्गाई र एनसेटका प्रतिनिधी नरेश ओझाले सहजीकरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिकाका सदस्य साथै पालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागितामा सञ्चालन गरिएको तालिम सिरानचोक गाउँपालिकामा गत भदौ १९ र २० गते, अजिरकोटमा भदौ २१ र २२ त्यस्तै गण्डकी गाउँपालिकामा २३ र २४ गते सञ्चालन गरिएको सहजकर्ता चेतप्रसाद अम्गाईले जानकारी दिए ।
तालिमका क्रममा सम्भावित विपदका प्रकार, विपदको अवस्था, पूर्वानुमान, सम्भावित विपदका संकेत तथा त्यसबाट जोगिन अपनाउनुपर्ने उपाय, सुरक्षाको मापदण्डका बारे प्रशिक्षण गराइएको थियो ।
त्यस्तै विपद जोखिम न्युनिकरण व्यवस्थापन, प्रतिकार्य, पुनर्लाभ, पुनः निर्माण, पुनस्स्थापना लगायत जोखिमको व्यवस्थापनका सम्पुर्ण चरणमा स्थानीय तहको भुमिकाका बारे छलफल, अन्तरकृया, समुहकार्य लगायतका माध्यमबाट सहभागीलाई क्षमता अभिवृद्धि गराइएको अम्गाईले जानकारी दिए ।



कागजपत्र |
