

कमेडियन अपूर्वलाई कोरोना पुष्टी, तारेखमा रिहा

काठमाडौं – कमेडियन अपूर्व क्षितिज सिंह रिहा भएका छन् ।
कोरोना पुष्टी भएपछि सिंहलाई बिहीबार हिरासतबाट रिहा गरिएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।
‘प्रहरीले सहमति मागेपछि छाड्न अनुमति दिएका हौं,’ उनले भने। यद्यपि अनुसन्धान भने नसकिएको उनले बताए। उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत् छन्।
उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।

