सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा डिएसपी गैरे


काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सूचना शाखामा सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरेश गैरेको सरुवा गरेको छ। यस अघि सूचना शाखामा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) अजय छत्कुलीले अनिवार्य अवकाश पाएपछि डिएसपी गैरेलाई जिम्मेवारी दिएको हो।

सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँदा समेत डिएसपी गैरेले सूचना शाखामा बसेर काम गरिसकेका छन्।

उनी हाल मात्रै अमेरिकाबाट सुरक्षा मामिलामा अध्ययन गरेर स्वदेश फर्किएका हुन्।

यसैगरी बाघ भैरव गुल्म कान्तिपथमा डिएसपी रविन भुजेलको सरुवा गरिएको छ। त्यहाँ कार्यरत डिएसपी हर्कराज पन्तको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि भुजेलको त्यहाँ सरुवा भएको हो।

प्रतिक्रिया