देशभर थप ३०० मा कोरोना पुष्टी, एकैदिन साढे ३ लाख बढीले खोप लगाए


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३०० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७७ एन्टीजेन परिक्षण गर्दा १२३ गरी ३०० जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२४ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

उक्त अवधिमा ३ लाख ५९  हजार ६५ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २ हजार ४५७ जना रहेका छन् ।

 

प्रतिक्रिया