कञ्चनपुर १ मा नेपाली काँग्रेस नेता बिष्ट सर्वसम्मत सिफारिस


कञ्चनपुर – आसन्न संघीय सांसद पदका लागि कञ्चनपुर १ बाट नेपाली काँग्रेसले संविधानसभा सदस्य नेता दिवानसिह बिष्ट सर्वसम्मत सिफारिस भएका छन् । संविधानसभा सदस्य दिवान बिष्टलाई सर्वसम्मत सिफारिस गरिएको नेपाली काँग्रेस क्षेत्र नम्बर १ प्रदेश ख का सभापति चेतन राईले बताए ।

त्यसै गरी प्रदेश ख समितिले प्रदेशसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय , प्रदेश ख का सभापती चेतन कुमार राई, महाधिवेशन प्रतिनिधि जनक सिंह धामी, क्षेत्रीय सचिव विश्राम राना र रामकृष्ण रानाको नाम सिफारिश गरिएको प्रदेश ख का सचिव दिनेश कुँवरले बताए ।

समानुपातिक सुचीमा कृष्ण बहादुर दमाई, चन्द्रबहादुर सिंह, दानबहादुर पाण्डे, प्रकाशराज पन्त, राधिका देवि जोशी, लालबहादुर रावत, शेरसिंह टेर र सगुना रानालाई सिफारिश गरिएको छ ।

कञ्चनपुर १ को क बाट संविधान सभा सदस्य बिष्टलाई संघीय सांसदमा सर्व सम्मत सिफारिस गरिएको प्रदेश क का सभापति मानबहादुर रोकायाले बताए । प्रदेश तर्फका उम्मेदवारहरुको नाम अन्तिम नभई सकेको उनले बताए ।

प्रतिक्रिया