हुम्ला एमालेद्वारा २५ जनाको नाम सिफारिस


हुम्ला – आगामी मङ्सीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जिल्लाबाट नेकपा (एमाले) ले २१ जनाको नाम सिफारिस गरेको छ । दुई दिनसम्म सञ्चालन भएको जिल्ला कमिटी बैठकबाट भएको निर्णयअनुसार सो नाम सिफारिस गरेको हो ।

एमाले जिल्ला कमिटीको बैठकले दुवै तहका निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कलबहादुर हमालका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधि सभातर्फ केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पुर्बमन्त्री दलबहादुर रावललाई एकल रुपमा नाम सिफारिस गरेको छ ।

त्यसै प्रतिनिधि सभातर्फकै समानुपातिकतर्फ एमाले पोलिटब्यूरो सदस्य गोर्खबहादुर बोगटी, बिमला शाही, पर्बत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो, अजविर बुढा र याडजु रोकायाको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा अन्तर्गत (क) क्षेत्रको प्रत्यक्षका लागि केन्द्रीय सदस्य दलबहादुर फडेराको नाम एकल रुपमा सिफारिस गरिएको सो दलले जनाएको छ ।

बैठकले समानुुपातिकतर्फ सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष हमाल, धन्जय फडेरा, मन्जु रावल, सौमति ऐडी, गीता खड्का र जगत भियालको नाम सिफारिस गरेको छ । त्यसैगरी (ख) नम्बर क्षेत्रका लागि प्रत्यक्षतर्फ संबिधान सभा सदस्य छिमीदोर्जे लामा, कमल बोहरा, डबल रावत र उत्तम लामा र समानुपातिकतर्फ रुपा शाही, प्रकाश सुनार, छविचन्द्र लामा र नोरजाङ लामाको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।

यी नाम सबै प्रदेशका लागि सिफारिस गरिएका हुन । अध्यक्ष हमालले क्लस्टर मिलाउन धेरै नाम सिफारिस भए पनि पार्टीको निर्णय मान्न सबै तयार रहेको बताए । बैठकले सर्वसम्मत निर्णय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया