

नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंको नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा सवार दुई जनामाथि प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेक गरेको थियो।
चेक गर्दा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट गाँजा फेला पारेको हो। उनीहरूबाट प्रहरीले ११ किलो गाँजा फेला पारेको हो।
घटनाको थप अनुसन्धान प्रहरी वृत्त थानकोटले अघि बढाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

