नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ


काठमाडाैं – नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ परेका छन् । नुवाकोटको साविक ककनी गा.वि.स. ५ स्थायी घर भएका ३२ बर्षिय हिरामान लामा पक्राउ परेका हुन् ।

सिरहास्थित सशस्त्र प्रहरी बल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट भाद्र १७ गते राति नियन्त्रणमा लिएको हो ।

उनको साथमा १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारवाहीको लागि आज ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।

प्रतिक्रिया