


चित्रबहादुर बागलुङ-१ र दुर्गा प्युठानबाट चुनाव लड्ने निर्णय

काठमाडाैं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ क्षेत्र नम्बर १ बाट संघीय निर्वाचन लड्ने भएका छन् । शनिबार बसेको जनमोर्चा संसदीय बोर्डको बैठकले केसीलाई बागलुङ-१ बाट उम्मेदवारको रूपमा अगाडि सार्ने निर्णय गरेको हो ।
यस्तै उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट संघीय निर्वाचनमा भाग लिने गरी निर्णय भएको छ । जनमोर्चाले सत्ता गठबन्धनमा २ सिट दाबी गरेको छ भने सो दुई सिटमा जनमोर्चाले उम्मेदवार अगाडि सारेको हो ।
बैठकमा विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिश भई आएका उम्मेदवारको सूचीमाथि पनि छलफल भएको केसीले जानकारी दिए । जसबारे आवश्यक निर्णय भएको र क्रमशः सार्वजनिक गर्दै जाने केसीको भनाइ छ ।

