डा. गोविन्द केसीद्वारा बाबुरामलाई निर्वाचनको शुभकामना


काठमाडाैं – स्वास्थ्य क्षेत्रको विकृति अन्त्यका लागि पटकपटक अनसन बसिसकेका डा. गोविन्द केसीले समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई आगामी निर्वाचनका लागि शुभकामना दिएका छन् ।

शनिवार गोरखामा भएको भेटका क्रममा डा. केसीले भट्टराईलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निम्ति शुभकामना दिएका हुन् । केसीसँगको भेटका क्रममा खिचेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले तस्वीर शेयर गर्दै डा. केसीसँग स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति विसंगतिवारे विचार आदानप्रदान भएको उल्लेख गरेका छन् । उनले आगामी निर्वाचन निम्ति शुभकामनाका पाएको भन्दै डा. केसीप्रति आभार प्रकट गरेका छन् ।

डा. भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् । उनले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्नबाटै निर्वाचन लड्ने सहमति गरेर सोहीअनुसार निर्वाचन आयोगमा निवेदन पनि दिइसकेका छन् ।

प्रतिक्रिया