उदयपुरको मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या


उदयपुर – उदयपुरको मैनामैनीमा एकै परिवारका तीन जनाको हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका-७ मैनामैनीमा एकै परिवारका तीन जनाको खुकुरी प्रहार गरी हत्या भएकाे हो । हत्याको आरोपमा नाताले मृतककै दाइ पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३ वर्षीया श्रीमती सरिता बस्नेत र उनीहरूका १२ वर्षीया छोरा सुजनको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय ४० वर्षे नरबहादुर बस्नेत पक्राउ परेका छन् ।

आरोपीलाई बेलका नगरपालिका-६ वरबोटेबाट पक्राउ गरिएको हो । उनी अहिले इलाका प्रहरी कार्यालय रामपुरकाे नियन्त्रणमा छन्।

नरबहादुरले एकै परिवारका तीन जनाको हत्या गरेको खबर स्थानीयवासीले गराएपछि प्रहरी घटनास्थलतर्फ गइरहेको छ । मृतकको शव दिलुवाटारको वाबिङखोलामा पानीमा तैरिरहेको अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन् ।

प्रतिक्रिया