
खुकुरी प्रहार गरी श्रीमतीको हत्या, पेटमा खुकुरी हानी श्रीमानद्वारा आत्महत्याको प्रयास
कास्की – कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ छिनडाडामा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
घरायसी विवादका कारण शुक्रबार बिहान स्थानीय लोकबहादुर गुरूङले उनकी श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरी हत्या गरेको कास्की प्रहरीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।
खड्काका अनुसार श्रीमतीको हत्यापछि लोकबहादुरले आत्महत्याको प्रयास गरेका थिए । उनले आफ्नो पेटमा खुकरी हानी आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
‘बिहान साढे ८ बजेतिर श्रीमानले श्रीमतीको टाउकोमा खकुरी प्रहार गरेछन्’, प्रहरी निरीक्षक खड्काले भने, ‘श्रीमानले त्यही खुकुरी आफ्नो पेटमा हानेर गम्भीर घाइते छन्।’
उनका अनुसार उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घटनाका कारणबारे विस्तृत अनुसन्धान भइरहेको खड्काले जानकारी दिए।



कागजपत्र |
