नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक अमेरिका प्रस्थान


काठमाडाैं- नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन सोमबार राति अमेरिका गएका छन् ।

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भदौ १५ देखि १७ गतेसम्म सम्मेलन हुँदै छ । महानिरीक्षकद्वयलाई अमेरिका प्रस्थानका क्रममा नेपाल प्रहरी र शसस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरुले त्रिभुवन विमानास्थलमा विदाइ गरेका थिए ।

भ्रमणकाक्रमा दुबै महानिरीक्षकले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

नेपाल प्रहरीमा महानिरीक्षक सि‌ंहको अनुपस्थितीमा अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र सशस्त्रमा महानिरीक्षक अर्यालको अनुपस्थितीमा अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले जिम्मेबारी निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।

 


प्रतिक्रिया