

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडाैं – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ ठेगाना भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष ५६ वर्षीय राजेश सुनुवारलाई पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा पाँच लाख जरिवाना भई फरार रहेका सुनुवारलाई कार्यालयको विशेष अनुसन्धान टोलीले सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई आजै अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकृत कृष्ण कुमार चन्दले जानकारी दिए ।

