


शंखरापुरमा एक महिला मृतावस्थामा फेला

काठमाडौं — काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला मृत भेटिएकी छिन्।
शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया बिमला तामाङ (मगर) मृत अवस्थामा फेला परेकी छिन्।
आइतबार बिहान मृत भेटिएकी महिलाको मृत्यु प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

