
शंखरापुरमा एक महिला मृतावस्थामा फेला
काठमाडौं — काठमाडौंको शंखरापुर नगरपालिकामा एक महिला मृत भेटिएकी छिन्।
शंखरापुर नगरपालिका वडा नम्बर १ स्थित नाङ्लेभारे बजारस्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया बिमला तामाङ (मगर) मृत अवस्थामा फेला परेकी छिन्।
आइतबार बिहान मृत भेटिएकी महिलाको मृत्यु प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
