
हत्कडीसहित भागेका कैदी २४ घन्टा नबित्दै पुनः पक्राउ
काठमाडौं — हत्कडीसहित अस्पतालबाट फरार रहेका कैदी पक्राउ परेका छन् ।
ललितपुर महानगरीय कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका बेला भागेका भोला बुढाथोकी लुभुस्थित एक आफन्तको घरबाट पक्राउ परेका हुन् ।
उनी एक आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको विशेष सक्रियताका साथ हत्कडीसहित भागेका बुढाथोकी २४ घन्टा नबित्दै पक्राउ परेका हुन् ।
उपचारका लागि अस्पताल लगेका बेला सोमबार अस्पतालबाटै भागेका रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी पक्राउ परेका हुन् ।
उनलाई ललितपुरको लुभु बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ । बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए । कैदी भागेपछि कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।



कागजपत्र |
