
विन्ध्यवासिनी मन्दिरको दानपेटिका चोरी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं – विन्ध्यवासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दान पेटिका चोरेको अभियोगमा पोखरा महानगरपालिका-२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जेलाई प्रहरी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उक्त मन्दिरमा रहेको दान पेटिका चोरी भएको भन्ने घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिएको प्रहरीले जिम्मिलाई उक्त दानपेटिकासहित पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
