तीज पर्वमा भड्किलो नगर्न प्रशासनको आग्रह


काठमाडौं – हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन आग्रह गरेको हो ।

कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिक रूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया