मोटरसाइकल चोर्ने तथा एटीएम फोडेकाे अभियाेगमा अनिस पक्राउ


काठमाडाैं – एटीएम मेसिनबाट पैसा चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

गत असार ३ गते बिहान पौने २ बजे कास्कीको पोखरा महानरपालिका–३० अर्घौ चोकमा रहेको एनएमबी बैकको एटीएम बुथ फोडेर पैसा चोरी गर्ने पूर्वी नवलपरासी देवचुली नरपालिका–५ का २१ वर्षीय अनिस तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर आइतवार सार्वजनिक गरेको छ ।

प्रहरीले उनलाई भारत भागेर जाँदै गरेको अवस्थामा रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले ग १० प २९६३ नम्बरको मोटरसाइकल र उनले प्रयोग गरेको हेलमेटको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरी अनुसार उनले मोटरसाइकल चोरेर एमटीएम चोरी गरेका थिए ।

प्रतिक्रिया