
‘हनी ट्रयाप’ काे फन्दामा सुन व्यापारी, ५ जना पक्राउ
काठमाडाैं – दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेका छन् । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुष सहित ५ जनालाई पक्राउ गरेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् ।
आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।
सो कसुरमा संलग्न आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिप कुमार वलीलाई पक्राउ गरेको छ भने अजय बुढाथोकी र लोकेन्द्र मगर फरार छन् ।
साउन २७ मा पक्राउ गरेर उनिहरुलाई म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
