ट्राफिक प्रदेश प्रमुखको नाममा मासिक करिब २५ लाख उठाउन ताकेता

एसपी सरुवा भएको एक सातामै जिल्ला इन्चार्जहरुको उर्दी: हेर्नुस् सूची


काठमाडौं – ट्राफिक प्रहरीको एक नम्वर प्रदेश मातहतमा रहेका जिल्ला ट्राफिक कार्यालय, इलाका ट्राफिक कार्यालय र ट्राफिक प्रहरी पोष्टका इन्चार्जहरु तीन दिनदेखि तनावमा छन् ।

यी सबै इन्चार्जहरुले एकै पटक यस्तो तनावको झड्का अनुभव त्यस बेला गरे जब एक नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको प्रमुखमा सरुवा भए आएका एसपी (प्रहरी उपरिक्षक) श्यामकुमार महतोको आदेश भन्दै बर्षायामको बहाना नगरी तोकिएको जिम्मेवारी साउन महिना बापतको तत्काल पठाउन उर्दी जारी गरियो ।

प्रदेशका ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्यरत एसपी वासुदेव खतिवडाको सरुवा भइ एक साताअघि मात्र जिम्मेवारी सम्हालेका एसपी महतोले निकै चलाखीपूर्ण शैलीमा प्रदेश १का १४ जिल्लाका ट्राफिक इन्चार्जमार्फत मातहतका कार्यालयलाई जिम्मेवारी शब्द प्रयोग गर्दै घुमाउरो शैलीमा रकम पठाउन ताकेता गरेका हुन् ।

ट्राफिक प्रदेश प्रहरी कार्यालयको एक प्रहरीका अनुसार एसपी महतोले १४ जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, सोलुखुम्वु, ओखलढुंगा र खोटाङ गरी ८ वटा जिल्लाका इन्चार्जलाई भने आम्दानी राम्रो नहुने भन्दै २० हजार र त्यो भन्दा कमको सूची तोकि दिएको स्रोतले बतायो ।

प्रदेश १का ६ जिल्ला इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका इन्चार्जलाई भने २ लाख बढी पठाउन उर्दी जारी गरिएको छ । सबैभन्दा बढी रेट झापाको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज (प्रहरी निरिक्षक) लाई तीन लाख पठाउन उर्दी जारी गरिएको छ ।

हेर्नुस ट्राफिकका पोष्ट र रेट तोकिएको रकमको बिबरण –

झापाका १५ वटा तहमध्ये चन्द्रगढी ट्राफिक पोष्ट १५ हजार
विर्तामोठ जिल्ला ट्राफिक कार्यालय तीन लाख
विर्तामोठ बसपार्क ट्राफिक पोष्ट २५ हजार
चारआली ट्राफिक पोष्ट ५० हजार
धुलाबारी ट्राफिक पोष्ट १५ हजार
काकरभिट्ट इलाका ट्राफिक पोष्ट एक लाख
लक्ष्मीपुुर ट्राफिक पोष्ट ५० हजार
सुरुङ्गा ट्राफिक पोष्ट ३५ हजार
झिलझिले ट्राफिक पोष्ट १५ हजार
केर्खा ट्राफिक पोष्ट १० हजार
दमक इलाका ट्राफिक पोष्ट ८० हजार
पाडाजुँगी ट्राफिक पोष्ट १० हजार
गौरादह ट्राफिक पोष्ट १० हजार
गौरिगंज ट्राफिक पोष्ट पाँच हजार
ताराबारी ट्राफिक चेक पोष्ट २५ हजार

मोरङका प्रमुख ६ तहमध्ये उर्लाबारी इलाका ट्राफिक पोष्ट ५० हजार
पथरी इलाका ट्राफिक पोष्ट ४० हजार
बिराटचोक ट्राफिक पोष्ट २० हजार
बेलबारी इलाका ट्राफिक पोष्ट ४० हजार
गच्छिया ट्राफिक पोष्ट ५० हजार
बिराटनगर जिल्ला ट्राफिक प्रहरी कार्यालय र वरपरका पोष्टबाट दुई लाख

सुनरीका प्रमुख ६तहमध्ये धरान इलाका ट्राफिक प्रहरी कार्यालय एक लाख ५० हजार
दुहवी ट्राफिक पोष्टबाट एक लाख
इटहरीको सखुवागाछी धर्मकाँटा (तौलपुल) ट्राफिक पोष्टबाट ५० हजार
इनरुवा इलाका ट्राफिक पोष्टबाट ४० हजार
भण्टबारी ट्राफिक चेक पोष्ट ५० हजार
कोशी कटान (लौकही पश्चिम) ५० हजार
जिल्ला ट्राफिक कार्यालय इलामबाट एकमुष्ट २ लाख
जिल्ला ट्राफिक कार्यालय धनकुटाबाट २ लाख
जिल्ला ट्राफिक कार्यालय गाइघाटबाट २ लाख

रकम उठाउनकै लागि कतिपय प्रहरी कर्मचारीहरु १२ वर्षदेखि एउटा पोष्टमा रहेको भेटिएको छ । प्रदेश नम्वर २ मा दरबन्दी भएका प्रहरी सहायक निरिक्षक गणेश दाहाल विगत १२ वर्षदेखि मोरङ्गको अबैध आम्दानी गर्ने ठाउँ भनेर बदनामा भएको गछिया ट्राफिक पोष्टमा कार्यरत छन् ।

मोरङ सदरमुकाम बिराटनगरस्थित जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरिक्षक राजन कार्कीले एसपी सावको ताकेता भन्दै चाँडो तोकिए बमोजिमको काम गर्न भन्दै मातहतको पोष्टका इन्चार्जहरुलाई ताकेता गरेको एक इन्चार्जले दुखेसो गरे ।

विर्तामोठस्थित झापा जिल्ला ट्राफिक कार्यालय मातहतमा रहेका प्रहरी सहायक निरिक्षक चन्द्र राउतले यातायात कार्यालयमा प्रतिनिधि भइ काम गर्दा सवारी चालक अनुमति पत्र वितरण र ट्रायलमा कैफियत गर्ने र अबैध आर्जन गर्ने गरेको त्यहाँका प्रहरी जवानको गुनासो छ । तर उनको पहुँच राजनीतिकदेखि गृह मन्त्रालयसम्म भएकाले कसैले चलाउन नसक्ने स्रोतले बतायो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा दरबन्दी भए पनि हाल ट्राफिक कार्यालय काकरभिट्टामा काजमा कार्यरत प्रहरी नायव निरिक्षक लिला श्रेष्ठ र विराटचौकका प्रहरी सहायक निरिक्षक गोपाल श्रेष्ठलाई बिबादस्पद छबि भएका जुनियर अधिकृत भएको आरोप लाग्ने गरेको छ ।

मोरङको उर्लाबारी, बिराटचौक, र गछियामा प्रहरी सहायक निरिक्षक ट्राफिक पोष्ट इन्चार्ज छन् भने पथरी र बेलबारीमा प्रहरी नायव निरिक्षकहरु इलाका ट्राफिक इन्चार्ज छन् ।

सुनसरीको इनरुवा र दुहवीमा प्रहरी सहायक निरिक्षक इन्चार्ज छन् भने इनरुवा, धरान, भण्टाबारी, कोशी कटानमा प्रहरी नायव निरिक्षकहरु ट्राफिक पोष्टको इन्चार्ज छन् ।

यता झापाको गौरिगंजमा प्रहरी जवान, ताराबारी र पाडाजुँगीमा बरिष्ठ हल्दार इन्चार्ज छन् । गौरादह, केर्खा, झिलझिले, सुरुङ्गा, लक्ष्मीपुर र धुलाबारीमा प्रहरी सहायक निरिक्षकहरु इन्चार्ज छन् । दमक, चारआली र काकरभिट्टामा भने प्रहरी नायव निरिक्षकहरु इन्चार्ज छन् ।

जिल्ला ट्राफिक कार्यालय उदयपुर, धनकुटा र इलामका प्रहरी नायव निरिक्षकहरु इन्चार्ज रहेका छन् । साउन महिना बाढी र वर्षातको समय भएकाले नयाँ एसपी साहेकको आदेश कार्यान्वयन गर्न समस्यामा परेको दुखेसो गरे । तर जिल्लाका इन्चार्जले जसरी पनि व्यवस्था गर्नु नत्र दुर्गममा ठेलिदिने चेतावनी दिएको बताए ।

 

प्रतिक्रिया