

मोटरसाइकलमा हालेर लैजाँदै गरेको अवैध काठ नियन्त्रण

झापा – अवैध काठसहित तीनवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
वनजंगलबाट काठ तस्करी गरी मोटरसाइकलमा हालेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार राती ११ बजे दमक नगरपालिका-३ स्थित बेलडाँगीमा २६ क्युफिट काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
सिसौ जातको तीन थान गोलिया काठ बोक्ने प्र १-०१-०१५ प ६४१, को ३१ प ८२२२ र मे ९ प ९८४९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए।
प्रहरी देख्न साथ काठ तस्करहरू काठ र मोटरसाइकल छाडेर भोगेका थिए। बरामद गरिएको काठ र मोटरसाइकल सोमबार इलाका वन कार्यालय बेलडाँगी दमक बुझाइसकेको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

