
संयुक्त अभ्यासका लागि १६ जना अमेरिकी सेना काठमाडौंमा
काठमाडौं – संयुक्त सैनिक अभ्यासका लागि १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। भोलि (मंगलबार) काठमाडौं र नगरकोटमा हुने संयुक्त सैनिक अभ्यासका लागि उनीहरु नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।
अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुनेछन्। अभ्यासका लागि चाहिने आवश्यक सैन्य सामग्रीहरु अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स-ब्यालेन्स नेल’अन्तर्गतको ३९औं संस्करण भएको सेनाले जनाएको छ।
सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गणहरु र अमेरिकी सेनाको टुकडीबीच मंगलबार संयुक्त अभ्यास हुने सेनाले जनाएको छ।



कागजपत्र |
