
भन्सार छलेर अवैध रुपमा भित्र्याइएको चिनी बरामद
झापा – भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ११ हजार रूपैयाँ बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ।
गौरीगञ्ज गाउँपालिका-५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताए ।



कागजपत्र |
