

मानव बेचविखन मुद्दामा फरार अभियुक्त २९ वर्षपछि पक्राउ

नुवाकोट – मानव बेचविखन तथा ओसारपसार मुद्दामा फैसला भई फरार रहेका अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । दुप्चेश्वर गाउँपालिका-७ का ५६ वर्षीय ध्रुव नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा नुवाकोट अदालतले २०५० साल पुस १९ गते २ वर्ष ६ महिना कैदको फैसला गरेपछि फरार थिए । उनलाई पक्राउ गरी फैसला कार्यान्वयन अन्तर्गत जिल्ला कारागार कार्यालय ढुंगे चलान गरिएको छ ।
त्यसैगरी सवारी ज्यान मुद्दामा १ महिना कैद फैसला भई फरार रहेका पञ्चकन्या गाउँपालिका–३ का ३९ वर्षीय रामकुमार भण्डारीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । नुवाकोट अदालतले उनलाई एक महिना कैद हुने फैसला गरेपछि फरार थिए ।

