१२ हजार घुससहित पक्राउ परेका इन्स्पेक्टरलाई विशेषको सफाई


काठमाडौं – विशेष अदालतले १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका इन्सपेक्टर रामबालक रायलाई सफाइ दिएको हो । विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलाशले उनलाई सफाइ दिएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरमा कार्यरत रहँदा प्रदेश प्रहरी कार्यालयकै टोलीले ६ असार ०७७ मा उनलाई घुससहित पक्राउ गरेको थियो ।

टिप्पर व्यवसायीसँग घुस माग्दै दुःख दिएको भन्ने उजुरीका आधारमा प्रदेश कार्यालयले उनलाई रंगेहात पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको थियो ।

भीमफेदीको सगरमाथा होटलमा स्थानीय व्यवसायी दुर्गा लामासँग १२ हजार घुस लिएलगत्तै उनी पक्राउ परेका थिए । अख्तियारले २३ असार ०७७ मा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेषका न्यायाधीश कोइराला र बाँस्कोटाको संयुक्त इजलासबाट उनले सफाइ पाएका हुन् ।

प्रतिक्रिया