कीर्तिपुरमा २९ तोला सुन, ५ वटा हिराको औँठी र १ लाख ५० हजार नगद चोरी


काठमाडाैं – काठमाडौंको कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँमा ७५ वर्षीय एक वृद्धको घरमा ७ जनाको समूहले चोरी गरेर फरार भएको छ ।प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार चोर साढे २ तल्लाको घरमा बिहान सवा ३ बजे ५ वटा हिराको औँठी, २९ तोला सुन चोरी गरेर फरार भएका छन् ।

अहिले प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)सहितको टोली चोरको खोजी गरिरहेको प्रहरीले जनाएको छ । घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुखलगायतको प्रहरी टोली, उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धान टोली, प्रहरी केनाइन स्कुलबाट तालिम प्राप्त ककुरसमेतको सहयोगमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार चोरले १ लाख ५० हजार नगद, सुनको चुरा ७ वटा (११ तोला), सुनको सिक्री २ वटा (५ तोला), सुनको औँठी ४ वटा (३ तोला), सुनको नवरत्न लकेट २ तोलाको एउटा, सुनको औँठी ५ वटा (३ तोला), सुनको टप ९ वटा ( ५) तोला, हिराको औँठी २ वटा र हिराको नवरत्नजडित ३ वटा चोरी भएको छ ।

प्रतिक्रिया