

सोमबार उपत्यकामा ७५ वटा ट्याक्सी कारबाहीमा

काठमाडौं – उपत्यकामा सोमबार ७५ वटा ट्याक्सी कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार दिनभर ७५ वटा ट्याक्सीलाई कारबाही गरिएको हो।
मिटरमा जान नमान्ने र पैसाको मोलतोल गर्ने ४७ वटा र यात्रु लिन इन्कार गर्ने २८ वटा ट्याक्सी कारबाहीमा परेका प्रहरीले जनाएको छ।

