प्रहरी नै अपहरणकारी !

चिनियाँ नागरिक अपहरण काण्डमा पक्राउ परेका ६ मध्ये एक न्यायाधीशका पीएसओ र अर्का प्रहरीका घुमुवा


काठमाडौं — चिनियाँ नागरिक अपहरण प्रकरणमा पक्राउ परेका ६ मध्ये २ जना दुई जना प्रहरी नै रहेका छन् ।

प्रहरीले बिहीबार चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये दुई जना प्रहरी नै रहेको जनाइएको छ ।

त्यसमध्ये एक जना उच्च अदालत पाटनका न्यायाधीशका पीएसओ कर्ण गुरुङ छन् । त्यस्तै प्रहरी वृत्त बालाजुका घुमुवा प्रहरी शिव सुनुवार रहेको जनाइएको छ । त्यस्तै अन्य पक्राउ परेकामा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय विशाल मगर, २७ वर्षीय विनोद केसी र २९ वर्षीय रोहित मगर छन् ।

लाजिम्पाटको फ्ल्याट भाडामा लिएर बस्दै आएका चिनियाँ नागरिकलाई बुधबार राति अपहरण गरेर गोंगबुको एक गेस्ट हाउसमा पुर्‍याएर फिरौति मागेको घटनामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया