

चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड फिरौती माग्ने ६ नेपाली पक्राउ

काठमाडौं – काठमाडौँमा एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ।
बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।
उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए।
परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

