मधेस आन्दोलनका सहिदको सम्झनामा आज प्रदेश २ मा सार्वजनिक विदा
जनकपुर – मधेस आन्दोलनका ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश–२ मा आज सार्वजनिक विदा दिएको छ । आजको दिनलाई बलिदानी दिवस भन्दै प्रदेश–२ सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
२०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको थियो । त्यसै घटनापछि मधेश आन्दोलन चर्किएको थियो । सोही दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन्।
२०६३, २०६४, २०७२ सालमा भएका मधेस आन्दोलनमा १०३ जनाले ज्यान गुमाएका थिए ।