बर्दियामा अवैध लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ


बर्दिया – बर्दियाकाे मधुवन नगरपालिका-८ कुसुम्बाघाट जंगलबाट अवैध लागूऔषध ब्राउन सुगर सहित दूइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर र नगद १३ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-८ गाउँ नम्बर ६ बस्ने २६ वर्षीय दोर्णराज गुरूङ लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय ढोढरी र ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ, नगद र उनीहरूले प्रयोग गरेको भे.११ प १३६२ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया