हिरासतमा रहेकी महिलामाथी करणीको प्रयास गर्ने असईविरूद्ध बलात्कार मुद्दा


बाँके — इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत एक प्रहरीविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । हिरासतमा रहेकी महिलालाई मध्यरातमा हिरासतबाट बाहिर लगेर करणीको प्रयास गरेको अभियोगमा मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईबिरुद्ध बलात्कार मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता ताथ डिएसपी मधुसुदन न्यौपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा आएर असई चौलागाई बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन् ।

‘पीडितले असई चौलागाईविरूद्ध दिएको जाहेरी दर्ता भएको छ,’ प्रवक्ता न्यौपानेले भने, ‘अब हामी कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुने बताए ।’

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) निकाल्न लगाएर असई चौलागाईले आफ्नो कोठमामा पु¥याई यौन दुर्व्यवहार तथा बलात्कार गरेको आरोप पछि पक्राउ परेका थिए ।

चौलागाईले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा निकालेर सोधपुछको वहानामा भवनको माथिल्लो तलमा रहेको आफ्नो कोठामा लगेका थिए । त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोधसमेत गरेका थिए ।

असई चौलागाईलाई जिल्ला प्रहरी कार्यालयको थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिक्रिया