१० करोडमा मुम्बईको घर बेच्दै अभिनेत्री करिष्मा कपुर


मुम्बई – अभिनेत्री करिष्मा कपुरको घर बिक्रीमा रहेको छ । बलिउडका बिभिन्न चलचित्रमा काम गरेकी करिष्माको घर बिक्रीमा रहेको भारतीय संचारमाध्यामले जनाएको छ ।

करिष्माले आफ्नो घर बिक्रिका लागि राखेको ज्यापकि वेबसाइटमा यसको मूल्य १०.११ करोड भारतीय रुपैयाँ बताइएको छ । बलिउडकी सफल अभिनेत्री करिना कपुरकी दिदी करिष्माले गत २४ डिसेम्बर २०२० मा घर बेच्नको लागि रजिस्टर गराएको पाइएपछि बिक्रीको सूचना सार्वजनिक भएको हो ।

यसबारेमा करिष्माको तर्फबाट कुनै पुष्टि भएको छैन् । उनले २०१८ मा आफ्नो बान्द्रास्थित घर १.३९ करोड भारतीय रुपैयाँमा बेचेकी थिइन् । १,६११ स्क्वायर फिटमा फैलिएको घरलाई करिष्माले १०.११ करोड भारतीय रुपैयाँमा बेचिरहेकी छिन् । करिष्माले बेच्न ठिक्क पारेको घर सन् २०२० मा खरिद गरेको बताइन्छ ।

प्रतिक्रिया