


ठमेलको कल सेन्टरमा प्रहरी छापा, ४ जना चिनियाँ पक्राउ

काठमाडौं – काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
पक्राउ पर्ने सवै पुरुष हुन् । कल सेन्टरबाट प्रहरीले ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ । साउन ९ मा काठमाडौं प्रहरीले तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो ।
सर्वसाधारणका लागी टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्स मार्फत भारतमा असुल्ने गरेको अनुसन्धानबाट थाहा भएको काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए ।

