फिलिपिन्स ७.१ म्याग्निच्युडको भूकम्प, ४ जनाको मृत्यु


काठमाडौं – फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् ।

देशको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ ।

भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।

प्रतिक्रिया