मन्त्री नहुँदा सह–सचिवको मनोपोली, जोशीले करोडौंमा गरे सरुवा


काठमाडौं– सरकार विस्तार नहुँदा भूमीसुधार मन्त्रालयका सह–सचिव जनकराज जोशीको मनोपोली चलेको छ।

जोशीले हालै सरुवा भएर आएका नयाँ सचिब गणेश राज पाण्डेलाई केही रकम बुझाई १३ जना नापी विभागका अधिकृत र २५ जना मालपोत हाकीमबाट करोडौं उठाएर गोप्य सरुवा गरेको रहस्य खुलेको छ।

प्रशासन दरबन्दी भएको भूमिसुधार मन्त्रालयको  कर्मचारी प्रशासनमा रहेका सहसचिब जनक जोशिले रिटायर नापिका केही कर्मचारी र मालपोत कर्मचारी लगाई मन्त्री नभएको बेलामा बालुवाटार बुझाउनु पर्छ भनी व्यापक रकम कमिशन लिएका छन्।

सहसचिब जोशी पहिलेदेखि नै नापी र मालपोत अन्तर्गत भ्रष्टाचारमा लिप्त रहेको स्रोतले बतायो। सचिब गणेशराज पाण्डे आए पनि सहसचिब जोशीको प्रभबमा परी आउने बित्तिकै अरु केही कामनै नगरी सरुवाको काम गरेका छन्। जोशीले भने मोबाइल अफ गरेका छन्।

भक्तपुर, ललितपुर, रूपनदेही, काठमाडौंलगायतका ठाउँमा सह–सचिव जोशीको आतंक रहेको अनलाइनन्युजले पत्ता लगाएको छ।

प्रतिक्रिया