

५८ वर्ष कैद सजाय पाएका प्रतिवादी १५ वर्ष पछि पक्राउ

काठमाडौं – प्रहरीले उपत्यकाको बौद्धबाट ५८ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्त पक्राउ गरेको छ ।
अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको एक टोलीले दोलखा जिल्ला भिमेश्वर नगरपालिका घर भई हाल बौद्ध बस्दै आएका ४१ वर्षीय दिपक श्रेष्ठलाई १५ वर्षपछि बौद्ध पक्राउ गरेको हो ।
श्रेष्ठलाई विभिन्न व्यक्तिहरुको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतले २०६३ साल पुस २३ गते ५८ वर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाएको छ ।

