५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ


दाङ – दाङमा एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।

जिल्लाको राप्ती गाउँपालिका —५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई सोमबार दिउँसो पक्राउ गरिएको हो। अभिभावकको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले शिक्षक चौधरीलाई नियन्त्रणमा लिएको थियो।

अभिभावकको किटानी जाहेरी पछि थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया सुरू हुने एसपी काफ्लेले बताए।

प्रतिक्रिया