चिठ्ठा पर्यो भनेर सर्वसाधारणलाई ठगी गर्ने डेढसय बढी पक्राउ


बुटवल — ठगीको आरोपमा रुपन्देही प्रहरीले १ सय ५०  युवा युवतीलाई पक्राउ गरेको छ । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. २ मा कार्यालय सञ्चालन गर्दै आएका ७ सञ्चालकसहित डेढ सय युवा युवतीलाई पक्रेको हो ।

जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चिनियाँ र भारतीय नागरिक समेतको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनीहरुको बारेमा थप अनुसन्धान सुरु भएको पनि केसीले बताए ।

प्रतिक्रिया