राजधानीबाट ९ जुवाडे पक्राउ
काठमाडौं – तारकेश्वर नगरपालिका–१० मनमैजुबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ ।
धादिङको खनियाबास गाउँपालिका–४ घर भएका ३९ वर्षीय अजय तामाङको टहरोमा जुवातास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले छापा मारेको थियो ।
जुवाखालबाट ७० हजार ३ सय रूपैयाँ नगद र ४ बुक तास बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।