विराटनगरबाट अपहरित एक वर्षीया बालिकाको भारतमा सकुशल उद्धार


मोरङ– विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार भारतको दरभंगाबाट सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसालाई दिपेन्द्रकी प्रेमिका अञ्जली साहले अपरहण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्धार गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी दीपक कार्कीले बताए । उनले बालिका र अपहरणमा संलग्न साहलाई अहिले बाटोमा ल्याउने क्रममा रहेको बताए । आइसकेपछि विस्तृत जानकारी प्राप्त हुने उनले सुनाए ।

दीपेन्द्रलाई रोडशेष चोकको एक होटलमा चिया खान लगाएर अञ्जलीले बालिकालाई लिएर भागेपछि प्रहरीमा उजुरी गरेको थियो ।

 

प्रतिक्रिया