रुघा लागेर बन्द भएको नाक खुलाउने सजिलो उपाय


जाडोको मौसम लागिसकेको छ । रुघाखोकी लागेर मान्छेको बिजोक हुन्छ योबेलामा । टिस्यु पेपर लिएर हाँच्छ्यु र ख्वाकख्वाक गर्ने मान्छे तपाईं वरिपरि बग्रेल्ती भेटिन्छन् । यस्तोमा तपाईंलाई पनि रुघा सर्ने सम्भावना भइदिन्छ ।

रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आइदिन सक्छ । अझ रातमा रुघा लाग्यो भने त मीठा सपना आउनुको साटो दुःस्वप्न आइदिन्छ । सजिलो गरी सास फेर्नका लागि तपाईं यता र उता कोल्टे फेरिरहनुपर्ने हुन्छ । तर यहाँ दिइएका दुईवटा टिप्स फलो गर्नुभयो भने बन्द नाक खुल्छ ।

१ जिभ्रो र अक्युप्रेसर

च्यापुमा लगेर जिभ्रोको टुप्पो केही सेकेन्डका लागि थिचिरहनुस् । त्यसपछि बिस्तारै जिभ्रोलाई सहज बनाउनुस् । फेरि फेरि त्यही अभ्यास गरिरहनुस् ।

यही बेलामा चोरी औंला र माझी औंलाले निधारमा आँखीभौंको बीच भागमा एक सेकेन्डका लागि थिच्नुस् अनि रोकिनुस् । फेरि फेरि यो क्रिया दोहो(याउनुस् ।

यी दुवै अभ्यास एकैचोटि गर्नुस् । पच्चीस सेकेन्डसम्म यो क्रिया दोहो(याइरहनुभयो भने बन्द नाक खुल्छ ।

२ सास रोक्नुस्

गहिरो सास लिनुस् । त्यसपछि टाउको पछिल्तिर झुकाउनुस् र चोरी औंला र बुढी औंलाले थिच्नुस् । सम्भव भएसम्म यसरी नाक थुनेर उभिनुस् । साह्रै गाह्रो भएपछि मात्र औंला हटाउनुस् ।

यो प्रक्रिया नाक नखुलुन्जेलसम्म दोहो(याउनुस् । राति सुत्नुअघि यी अभ्यास गर्नुभयो भने आनन्दपूर्वक सुत्न सक्नुहुन्छ अनि रातभरिमा ठीक पनि हुनुहुन्छ ।

प्रतिक्रिया